२०७७ असार २४ बुधबार, एजेन्सी । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एसी मिलानसँग ४-२ गोल अन्तरले पराजित भएको हो । एसी मिलानको जितमा जलाटन इब्राहिमिमोविच, फ्रान्क केसी, राफेल लाओ र एन्टे रेबिकले एक एक गोल गरे भने युभेन्टसका लागि आड्रेन रबिओट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
पहिलो हाफ बिना कुनै गोल सम्पन्न भएको खेलमा साबि ६ गोल दोस्रो हाफमा भएका थिए । युभेन्टसले खेलको ४७औ र ५३औ मिनेटमा गोल गरेर २-० को अग्रता लिएपनि मिलानले शानदार कमब्याक गर्दै खेलको ६२औ, ६६औ, ६७औ र ८०औ मिनेटमा गोल गरेर युभेन्टसमाथि शानदार जित हासिल गरेको थियो ।
यस खेलमा युभेन्टसका लागि पाउलो डिबाला सस्पेन्ड भएका कारण अनुपस्थित थिए ।
मिलानले सन १९८९ पछि पहिलो पटक युभेन्टसविरुद्ध ४ गोल गरेको छ ।
यो जितपछि मिलानको ३१ खेलमा ४९ अंक भएको छ र लिगको पाँचौ स्थानमा रहेको छ । त्यस्तै युभेन्टस भने ३१ खेलपछि ७५ अंकका साथ शिर्ष स्थानमा रहेको छ । यो हार पछि पनि युभेन्टसको दोस्रो स्थानमा रहेको लाजियो भन्दा ७ अंकले अगाडी रहेको छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’