२०७७ असार २४ बुधबार, एजेन्सी । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ९८ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३३ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३३ हजार ९५४ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ४३३ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३० लाख ९६ हजार ५११ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म १३ लाख ५४ हजार ५८० जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ३७४ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार २९२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २३ हजार ४७५ जना संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा १५ हजार ३५२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार २१४ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार २१३ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार २७३, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ८४०, क्यालिफोर्नियामा ६ हजार ५६२, मिचिगनमा ६ हजार २५१, कोनेक्टीकटमा ४ हजार ३३८, फ्लोरिडामा ३ हजार ८४१, लुसियानामा ३ हजार ३२५ जना, मेरिल्याण्डमा ३ हजार २६६, ओहियो २ हजार ९७९, जर्जियामा २ हजार ८९९, टेक्सासमा २ हजार ८२२ र इन्डियानामा २ हजार ७१७ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’