अमेरिका डब्लुएचओसँग औपचारिक रुपमा अलग

२०७७ असार २४ बुधबार, एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्यसंगठन (डब्लुएचओ) सँग औपचारिकरुपमा आफ्नो सम्बन्ध तोडेको छ । संयुक्त राष्ट्र संघले अमेरिकाले जुलाई ६ मा यस बारेमा औपचारिक जानकारी दिएको बताएको छ । तर पनि यो प्रक्रिया पुरा हुन लगभग एक बर्षको समय लाग्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा डब्लुएचओसँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले डब्लुएचओले कोरोना भाइरसको महामारी रोक्न असफल भएको र चीन परस्त भएको आरोप लगाएका थिए । ट्रम्पको डब्लुएचओसँगको सम्बन्ध तोड्ने घोषणापछि डब्लुएचओका निर्देशक टेड्रस गेब्रियेसुसले अहिलेको समय डब्लुएचओलाई सहयोगको सबैभन्दा आवश्यक समय भएकोले यहिले यस्तो निर्णय नगर्न अनुरोध गरेका थिए । त्यसका बाबजुत ट्रम्पले अमेरिका डब्लुएचओबाट अलग हुने प्रक्रिया अगाडी बढाएका थिए ।

अमेरिकामा विपक्षी डेमोक्रेट सांसदहरुले भने डब्लुएचओबाट अलग हुनु अमेरिकाको हितमा नभएको बताउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार