२०७७ असार २४ बुधबार, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिड र सेल्टा भिगोले १-१ गोलको बराबरी खेलेका छन्। म्युनिसिपल डि बालाइडोस स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिडले घरेलु टोलीसँग अंक बाँड्यो।
खेलको पहिलो मिनेटमै अल्भारो मोराटाको गोलमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो। पहिलो हाफमा मड्रिड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने घरेलु टोलीका लागि मेन्डेजको पासमा मिडफिल्डर फ्रान बेल्ट्रेनले गोल गर्दै खेलमा आफ्नो टिमलाई फर्काए। ४९ मिनेटमा उनले गरेको गोल पछी दुवै तर्फबाट गोल नहुँदा खेल बराबरीमा रोकियो।
अंक बाँडेसँगै ३५ खेल खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ। यद्यपि ३४ खेल खेलेको सेभिया ६० अंक जोड्दै तेस्रो स्थानका लागि एट्लेटिकोलाई चुनौती दिन तयार छ। उता सेल्टा भिगो ३६ अंकसहित १५ औं स्थानमा छ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक