नेकपाको स्थायी कमिटी बैठक फेरी पनि स्थगित

२०७७ असार २४ बुधबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक असार २६ गते (शुक्रबार)सम्मका लागि  स्थगित भएको जानकारी दिएका छन् ।

गत शनिबारदेखि यस अघि दुई पटक स्थगित भएको बैठक तेस्रो पटक स्थगित भएको छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन बीच भएका छलफल ठोस सहमतिमा पुग्न नसक्दा बैठक स्थगित भइरहेका छन् ।

दुई अध्यक्षले यस बिचमा आइतबार, सोमबार, मंगलबार सामुहिक तथा वान टु वान छलफल गरिरहेपनि सहमतिमा पुग्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार