टिपरले ठक्कर दिँदा एकको मृत्यु

२०७७ असार २४ बुधबार, धादिङ । धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ।

शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

(रासस)

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार