गजल

– कवि काफ्ले सन्यासी

बा को शव किनारमा जलाउने मन थिएन
आज सम्म बा फर्किएनन् खुशी फर्किएन।

बा गए खुशी गयो ठिकै छ मन बुझाउँला
यो मनै नबुझ्ने किन आमा दुरुस्तै राखिएन।

छोराले मलाइ फाल्यो र डोको फाल्न लाग्दा
नातिले सम्झ्यो काम लाग्छ छोराले सम्झिएन।

पति भुलेँ ,सम्पती भुलेँ, भुलेँ सबै -सबै भुलेँ
अचम्म, किन? सबै भुलेर पनि आँसु थामिएन।

कति ठेला उठे, फुटे, मेटियो हातको रङ सबै
तर जती ठेला घोटे नि यो भाग्यरेखा मेटिएन।।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार