सुनचाँदीको मुल्य वृद्धि

२०७७ असार २४ बुधबार, काठमाडौं ।  बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ६ सयले बढेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार भने सुन तोलामा ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीमा बुधबार सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाले बढेर ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार