सभामुख सापकोटाको आँखाको शल्यक्रिया

२०७७ असार २४ बुधबार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। बुधवार तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बिहान १०:३० मा शल्यक्रिया गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

केही समययता सभामुखको आँखामा समस्या देखिएको थियो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्यायभार नपर्ने गरी सभामुख सापकोटा आफैंले व्यहोर्ने छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार