‘हावाबाट कोरोना भाइरस फैलने’ प्रमाणलाई विश्व स्वास्थ्य सङ्गठनले स्वीकार गर्‍याे

२०७७ असार २४ बुधबार, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको मङ्गलबार स्वीकार गरेको छ । एरोसोल भनिने हावामा रहने साना कणबाट काेराेना फैलिन सक्ने प्रमाण जुट्दै गरेकाे डब्ल्यूएचओले स्वीकार गरेकाे हाे । यसअघि विभिन्न देशका वैज्ञानिकहरुको एक समूहले खुला चिठी लेख्दै डब्ल्यूएचओलाई आफ्नो वर्तमान दिशानिर्देशमा सुधान गर्न अपिल गरेको थियो ।

डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग जोडिएको प्राविधिक लिड डाक्टर मारिया वा केरखोवले एक समाचार ब्रिफिङमा भने, ‘हामी हावाबाट कोरोनाको सङ्क्रमण फैलिने आशङ्कामाथि कुरा गरिरहेका छौँ ।’

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने बताइन् ।

उनले भनिन्, ‘सार्वजनिक स्थान, खासगरी भिडभाड हुने क्षेत्र, कम हावा भएको र बन्द क्षेत्रमा हावाको माध्यमबाट भाइरस फैलिने कुरालाई नकार्न सकिँदैन । यद्यपि यी प्रमाणलाई एकत्र गर्न र सम्झनु आवश्यक छ । हामी यो कार्यलाई जारी राख्नेछौँ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार