आगलागीमा दुई घर जले

२०७७ असार २४ बुधबार, धरान । धरान उपमहानगरपालिका-१४ स्थित विजयपुरमा दुई घरमा आगलागी भएको छ । बुधबार मध्यान्न स्थानीय विष्णु राईको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगो लागेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए।

विष्णु राईको घरबाट सुरु भएको आगो छिमेकी कमल राईको घरमा समेत पुगेपछि दुवैजनाको घर जलेर नष्ट भएका हुन्। आगलागीमा विष्णु राईको घर पूर्णरुपमा जलेर नष्ट भएको र कमल राईकोमा आंसिक क्षति पुगेको प्रहरी निरीक्षक ओलीले बताए ।

आगलागी हुने वित्तिकै धरान उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए । आगलागीबाट २३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । आगलागीमा घर जलेपछि राई परिवार विचल्लीमा परेका छन् । दुबै परिवारले तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार