अज्ञात समूह द्वारा माेटरसाइकलमा आगजनी

२०७७ असार २४ बुधबार, बनेपा । अज्ञात समूहले मंगलबार राति मोटरसाइकलमा आगजनी गरेका छन्। नेपाल विद्यार्थी संघ काभ्रे क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विद्या सागर लामाको मोटरसाइकलमा मंगलबार राति आगजनी भएको हो।

बनेपा नगरपालिका–११ सिनागालमा लामा बस्ने घरबाट पार्किङमा राखेको मोटरसाइल घर बाहिरा निकालेर अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ।

प्रदेश ३ को ०२००६ बा १०९८ प नम्बरको यामाह मोटरसाइकल आगो लगाई पूर्णक्षति भएको अवस्थामा प्रहरी पुगेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

घरमा पार्किङ गरि राखेको स्थानबाट १० मिटर बाहिर ल्याएर आगो लगाएको प्रहरीको भनाइ छ। यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको तिमिल्सिनाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार