गाडी दुर्घना हुँदा सहचालकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

२०७७ असार २४ बुधबार, काभ्रे । काभ्रेको बनेपा नगरपालिका–२ नालामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निसान ब्रेक फेल भई बुधबार दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा भक्तपुर सूर्यबिनायक नगरपालिकाका १८ वर्षीय सुजन वाग्ले रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारको क्रममा सहचालकको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिनुभयो । घटनाको थप अनुुसन्धनका लागि भक्तपुर सूर्यबिनायकका २२ वर्षीय चालक सौगात तामाङलाई सवारी सहति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार