नेप्सेमा १० अंकको गिरावट, एक अर्ब सात करोडको कारोबार

२०७७ असार २४ बुधबार, काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दुई दिन उच्च अंकले बढेको नेप्से आज बुधबार १० दसमलव १३ अंकले घटेर १३ सय २६ दसमलव ५३ बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ६४ अंकले घटेर दुई सय ७९ दसमलव ९५ बिन्दुमा झरेको छ । आज एक सय ७९ कम्पनीहरुको १९ हजार पाँच सय ४१ वटा कारोवारमा २९ लाख ७७ हजार सात सय छ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम एक अर्ब सात करोड ८४ लाख ६२ हजार दुई सय ४१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहले कारोवार हुदा ट्रेडिङ र होटल समुहले कमाएपनि बाँकी १० वटा समुहले गुमाएकाछन । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ७९ अंकले घटेर ११ सय २४ दसमलव ८५ बिन्दुमा झरेकोमा बिकास बैंक समुहको सुचक सात दसमलव एक अंकले घटेर १७ सय १० दसमलव एक बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि आठ दसमलव ६८ अंकले घटेर नौ सय ५२ दसमलव २४ बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ३० दसमलव १३ अंकले घटेर छ हजार एक सय १८ दसमलव छ बिन्दुमा झरेको छ । यि बाहेक आज लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सुर्योदय लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८८ पैसाले बढेर आठ सय एक रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ९८ पैसाले घटेर दुई सय रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय आठ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड ५७ लाख ९९ हजार छ सय ८१ रुपैयाँको कारोवार भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार