कुलोमा डुबेर एकको मृत्यु

२०७७ असार २४ बुधबार, दाङ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराको अन्नपूर्ण टोल निवासी ४८ वर्षीय केशरबहादुर भण्डारीको नौबस्ता कुलोमा डुबेर मृत्यु भएको छ।

मंगलबार बेलुका साढे ५ बजेतिर भण्डारी खेतमा काम गरी घर फर्किने क्रममा घरदेखि ५० मिटर पश्चिमतर्फ रहेको नौबस्ता कुलोमा लडेर डुब्न पुगेका थिए।लडेर पानीमा डुबेको अवस्थामा फेला परेका भण्डारीलाई परिवारका सदस्यले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्‍याएका थिए।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार उनको गएराति ९ बजेतिर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार