रसियामा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

२०७७ असार २४ बुधबार, एजेन्सी । रसियामा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । बुधबार ६ हजार ५६२ संक्रमित थपिएसँगै रसियामा कुल संक्रमितको संख्या ७ लाख ७९२ पुगेको हो ।

त्यस्तै रसियामा पछिल्लो २४ घण्टामा कोरोनाबाट १७३ जनाको मृत्यु भएको छ । योसँगै रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६७ पुगेको छ ।

रसिया विश्वमा धेरै कोरोना संक्रमित हुने देशमा चौथो स्थानमा रहेको छ । रसियामा अमेरिका, ब्राजिल र भारतपछि धेरै संक्रमित हुनेमा चौथो स्थानमा रहेको छ ।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या एक करोड १९ लाख ७६ हजार ३१० पुगेको छ भने ५ लाख ४७ हजार १४२ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार