२०७७ असार २५ बिहीबार, एजेन्सी। स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पान्योललाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेजले खेलको एक मात्र गोल गरेका थिए ।
स्वरेजले खेलको ५६औ मिनेटमा गोल गरेका थिए ।
स्वरेजले यस खेलमा गोल गरेसँगै बार्सिलोनाको अल टाइम स्कोररमा तेस्रो स्थानमा उक्लिएका छन् । स्वरेजले बार्सिलोनाका लागि अहिलेसम्म १९५ गोल गरेका छन् । उनी मेसीको ६३० र सेजारको २३२ पछि बार्सिलोनाका लागि तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् । स्वरेजले हंगेरीका लाजिओ कुबालाको बार्सिलोनाका लागि गरेको १९४ गोलको रेकर्डलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएका हुन् ।
यस खेलमा बार्सिलोनाका अन्सु फातीले खेलको ५०औ मिनेटमा र इस्पान्योलका पोल लोजानोले खेलको ५३औ मिनेटमा रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।
रातो कार्ड खाएका १७ बर्ष २५१ दिनका फाती यस सेन्चुरीमै रातो कार्ड पाउने दोस्रो युवा खेलाडी बनेका छन् । यस अघि बार्सिलोनाकै १७ बर्ष ५७ दिनका मार्क मुनिएसाले रातो कार्ड पाएका थिए ।
यो जितसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३५ खेलमा ७६ अंक हासिल गरेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग एक अंकले पछाडी रहेको छ । रियल म्याड्रिड एक खेल कम खेल्दै ३४ खेलमा ७७ अंक रहेको छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’