२०७७ असार २५ बिहीबार, एजेन्सी । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको भिसा नियममा गरेको परिवर्तन कानुनको विरुद्धमा अमेरिकाका दुई प्रतिष्ठित दुई युनिभर्सिटी अदालत गएका छन् । विश्वकै उत्कृष्ट मानिने हार्वर्ड युनिभर्सिटी र म्यासच्युटएस इन्स्टिच्युट अफ टेक्नोलोजीले नयाँ कानुनको विरोधमा फेडरल अदालतमा मुद्धा दायर गरेका हुन् ।
अमेरिकाले हालै पूर्ण रुपमा अनलाइन पढाइ हुने विश्वविधालयका अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा खारेज गर्ने नियम ल्याएको थियो ।
अहिले कोरोना महामारीका कारण धेरै जसो विश्वविधालयहरुले आफ्नो पढाउने तरिकामा फेरबदल गर्दै अनलाइन पढाइरहेको बेला सरकारले यस्तो नियम ल्याएको हो ।
हार्वर्डका प्रेसिडेन्ट लोरेन्स बाकाउले हार्वर्ड कम्युनिटीलाई पठाएको इमेलमा यस प्रकरणमा हार्वर्ड विश्वविधालय बलियो तरिकाले लड्ने प्रतिबद्धता व्यक्त गर्दै हार्वर्डमा अध्ययन गर्ने सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरु देशबाट निकालिने डरबाट मुक्त भएर पढ्न पाउने वातावारण बनाउने बताएका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’