लिभरपुलको जितमा सलाहको दुई गोल

२०७७ असार २५ बिहीबार, एजेन्सी । इङलिश प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका छन् भने जोर्डन हेन्डरसनले एक गोल गरेका थिए ।

त्यस्तै ब्राइटनका लागि लीनड्रो ट्रोसार्डले एक गोल गरेका थिए ।

यस सिजनको प्रिमियर लिग उपाधि जितिसकेको लिभरपुलको यो जितपछि ३४ खेलमा ९२ अंक भएको छ भने ब्राइटनको ३४ खेलमा ३६ अंक रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार