बेलायतमा एकैदिन १ सय २६ जनाको मृत्यु

२०७७ असार २५ बिहीबार, एजेन्सी । बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ५ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १ सय २६ जनाको मृत्यु भएपछि बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ५ सय १७ पुगेको छ।

पछिल्लोपटक बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै गएको अधिकारीहरुले बताएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ३० जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। हालसम्म बेलायतमा २ लाख ८६ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार