अमेरिकामा कोरोना : अहिलेसम्म एक लाख ३४ हजार ८४१ को मृत्यु

२०७७ असार २५ बिहीबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको । त्यस्तै सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ८८७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ८४१ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६२ हजार ६० जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार ५७१ पुगेको छ । अमेरिकामा अहिलेसम्म १३ लाख ९२ हजार १९४ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ४५९ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ३११ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २४ हजार २६३ जना संक्रमित भएका छन् । न्यूजर्सीमा १५ हजार ४१६ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार ४६१ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार २४३ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३०९, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ८७३, क्यालिफोर्नियामा ६ हजार ७१३, मिचिगनमा ६ हजार २६२, कोनेक्टीकटमा ४ हजार ३४३, फ्लोरिडामा ३ हजार ८९०, लुसियानामा ३ हजार ३४४ जना, मेरिल्याण्डमा ३ हजार २७५, ओहियो २ हजार ९९८, जर्जियामा २ हजार ९२२, टेक्सासमा २ हजार ९४२ र इन्डियानामा २ हजार ७३२ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार