२०७७ असार २४ बिहीबार, काठमाडौं । गायिका तथा मोडल ज्योती मगरले फेसबुकमा स्टाटस लेखेर आफ्नाे मनाेसामाजिक समस्या व्यक्त गरेकी छन् । बिहीबार बिहान फेसबुकमा लामो स्टाटस राखेर एकले अर्कालाई परेको समस्या साटौँ भनेकी छन्।
सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा आगाडिदेखि नै बोल्न मन भएको भए पनि यसको संवेदनशीलतालाई नबुझ्ने डर भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि विभिन्न समाजिक सञ्जालमा धेरैले भन्नुभयो, ‘यदि तपाईँलाई समस्या छ भने म सँग कुरा गर्नुहोस्, म तपाईँसँग छु।’
‘मलाई पनि भन्न मन छ, कति धेरै समस्याहरु छन्, तर म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोख्रेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो बन्यो भने ? समस्या समाधान हुनुको साटो अझै समस्याहरु आयो भने ? सायद मैले मेरो निन्द्रासँग अझ धेरै सम्झौता गर्नुपर्छ होला।’
मगरले आफू ५-७ वर्षदेखि राति राम्ररी नसुतेको बताएकी छन्। त्यसैले उनले सबैलाई आग्रह गरेकी छन्, ‘तपाईँहरु पनि म जस्तै निन्द्रसँग सम्झौता गर्नु भएको छ भने आउनुहोस इनबक्समा दुख सुखको कुरा गरौँ, भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ।’
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक