२०७७ असार २५ बिहीबार, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक गीतसंगीतमा देखा परेको विकृतिजन्य सम्प्रेशनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई बिहीबार (आज) पत्र लेख्दै प्रतिष्ठानले यस्ता किसिमका गलत प्रवृत्ति र बौद्धिक चोरीलाई नियन्त्रण गर्न पहलकदमी गरिदिन पनि आग्रह गरेको छ ।
नेपाली लोक गीत तथा चाडपर्व बिशेष गीतहरुमा आएको छाडा प्रवृत्ति, गीतका शब्द, लय चोरीदेखि मूल सर्जकको अनुमतिबिना नै गीतको प्रयोग गरी व्यवसायीक रुपमा खुल्लमखुल्ला बौद्धिक चोरी भइरहेको पत्रमा उल्लेख छ ।
नैतिक रुपमा दवाव दिँदै यस्ता गैरकार्य नगर्न बारम्बार ताकेता गर्दा पनि अटेर गर्नेहरुलाई प्रतिलिपि अधिकार नियमावली अनुसार कारबाही गर्न प्रतिष्ठानको आग्रह छ । यस्ता बौद्धिक चोरीलाई निरुत्साहित तथा दण्डित गर्न प्रतिष्ठानले रजिष्ट्रारको कार्यालयलाई आग्रह गरेको छ ।
प्रतिष्ठानले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्र
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो