२०७७ असार २५ बिहीबार, एजेन्सी । स्पेनिस ला लिगा फुटबल अनतरगत आज तीन खेल समपन्न हुने भएका छन ।
आज (बिहीबार) सेभिया र एथ्लेटिक बिल्बाओबीच तथा लेगानेस र इबरबीच र अर्को खेलमा लेभान्टेले मालोर्कासँग प्रतिस्पर्धा गर्नेछ ।
सेभियाले बिल्बाओसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ ।
बिल्बाओको मैदानमा सेभिया सहज जितको खोजीमा हुनेछ । यस्तै सेभिया जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ । ६० अंक जोडेको सेभिया लिगको चौंथो स्थानमा रहेको छ । बिल्बाओलाई पराजित गरेमा सेभिया एट्लेटिको मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।
४८ अंक जोडेको बिल्बाओ नवौं स्थानमा रहेको छ । बिल्बाओ पनि घरेलु मैदानमा सेभियालाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो