इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टरले एस्टन भिल्लासँग खेल्ने

२०७७ असार २५ बिहीबार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्ने भएको छ । एस्टनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरुबाट हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा युनाइटेड जित निकाल्दै शीर्ष चार टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
पाँचौं स्थानको युनाइटेडले ५५ अंक जोडेको छ । घरेलु टोलीलाई हराएमा युनाइटेडले चेल्सी र लेष्टरसँगको अंक दुरी घटाउने छ । तेस्रो स्थानको चेल्सीको ६० र चौंथो स्थानको लेष्टरको ५९ अंक रहेको छ ।

च्याम्पियन्स लिग खेल्ने योजनामा बनाएको युनाइटेडलाई घरेलु टिमविरुद्ध जित निकाल्नै पर्ने दबाब रहेको छ ।

घरेलु टिम एस्टन २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पनि युनाइटेडलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । यसैबीच प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले बर्नेमाउथसँग खेल्नेछ । अर्को खेलमा एभर्टन र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार