गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा संगीतकार श्रेष्ठलाई विश्व कीर्तिमानी संगीतकार घोषित

२०७७ असार २५ बिहीबार, काठमाडौं । नेपालका लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ विश्वमै पहिलो पटक विश्व कीर्तिमानी संगीतकार घोषित भएका छन् । विश्व संगीतको इतिहासमा पहिलो पटक सबै भन्दा धैरै १२ वटा भाषामा संगीत गर्न सफल भएपछि विश्वकै प्रतिष्ठित संस्था गिनिज बुक अफ वर्ल्ड रेकर्डले संगीतकार श्रेष्ठलाई पहिलो पटक विश्व कीर्तिमानी संगीतकार घोषित गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।
उपाधि पाए संगै विश्व संगीतको क्षेत्रमा आफ्नो जिम्मेवारी झन बढेर गएको महसुस भएको उनले बताए । संगीतकार सन्तोष श्रेष्ठले नेपाली लगायत कोरियन,हिन्दी,चाइनिज,जापानी,अङग्रेजी,रसियन, फ्रेन्च,स्पेन,इटालियन,जर्मन र थाई भाषामा संगीत गरेका छन् ।
दाङमा जन्मिएका संगीतकार श्रेष्ठले संगीत गरेका तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ, किन आउछ तिम्रो याद एकान्तमा यति धेरै, तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो, परेलीको वर्षातले छाति भित्र पैहिरो गयो,कोपिलामा फुल हुन्छ, लगायतका थुप्रै गीतहरु लोकप्रीय छन् ।
उनको संगीतमा भारतीय गायीका संञ्जीबनी देखि नेपालका नरेन्द्र प्यासी,अञ्जु पन्त,प्रमोद खरेल,मनोजराज लगायत धेरै पुराना तथा नयाँ गायक गायीकाले स्वर भरेका छन् । नेपालका संगीतकारको भिडमा उत्कृष्ट संगीतकारको रुपमा उनको नाम पनि अगाडी आउने गर्दछ,पछिल्लो समय युवापुस्ता माझ निकै रुचाइएका संगीतकार सन्तोष श्रेष्ठले एक हजार बढी गीतमा आफ्नो संगीत भरिसकेका छन् भने केही गीत उनले गायका पनि छन् ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार