२०७७ असार २५ बिहीबार, एजेन्सी । कोरोना महामारीका बीच शुरु भएको टेस्ट क्रिकेटको पहिलो खेलको पहिलो इनिङमा इङल्याण्ड २०४ रनमा अलआउट भएको छ ।
बुधबारदेखि शुरु भएको पहिलो टेस्ट बर्षाले प्रभावित भएको थियो । ढिलो गरि शुरु भएको खेलको पहिलो दिनमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको थियो भने पहिलो दिन केबल १७ ओभरको खेल मात्र भएको थियो । खेलको दोस्रो दिन आज घरेलु टोली २०४ रनमा अल आउट भएको छ ।
इङल्याण्डका लागि कप्तान बेन स्टोकले सर्बाधिक ४३ रन बनाए । त्यस्तै जस बटलरले ३५ र रोरी बर्न्सले ३० रन बनाएका छन् । त्यस्तौ जोय डेनलीले १८, डोम बेसले अविजित ३१, ओल्ली पोपले १२, ज्याक क्रावलीले १० रन बनाए । त्यसै गरि मार्क वूडले ५, जेम्स एन्डरसनले १० रन बनाए भने जोफ्रा आर्चर र डोम सिबले शुन्यमा आउट भएका थिए ।
इङल्याण्डलाई सस्तैमा आउट गर्नेक्रममा वेस्टइन्डिजका कप्तान जासन होल्डरले ६ विकेट लिएका छन् । त्यस्तै शानन गाब्रियलले ४ विकेट लिए । अब वेस्टइन्डिजले केहि बेरमा आफ्नो पहिलो इनिङको ब्याटिंग शुरु गर्दै छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो