टिकटकमाथि प्रतिबन्ध लगाउन अस्ट्रेलियाली सांसदहरूको माग

२०७७ असार २५ बिहीबार, काठमाडौं । अस्ट्रेलियाका सांसदहरुले टिकटक एपमाथि प्रतिबन्ध लगाउनुपर्नेमाग गरेका छन्। टिकटकबाट राष्ट्रिय सुरक्षा र सूचना प्रणालीमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको हो।

चिनियाँ एपमार्फत् चीन सरकारले अस्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने उनीहरुले दाबी गरेका छन्।

अस्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकको प्रयोग गर्दै चिनियाँ सरकारले दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि टिकटकबाट अष्ट्रेलियाली नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराएका छन्।

टिकटकले भने सुचना दुरुपयोग हुने सम्भावना नरहेको दावी गर्दै आइरहेको छ। कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको  छ।

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा तनाव उत्पन्न भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो।

रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार