२०७७ असार २६ शुक्रबार, एजेन्सी । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा ब्रुनो फेर्नानडेज, मानसन ग्रीनवूड र पाउल पोग्वाले एक एक गोल गरेका थिए ।
यो जितपछि युनाइटेडले महत्वपूर्ण तीन अंक बटुलेर ३४ खेलमा ५८ अंक बनाएको छ । साथै लिगको पाँचौ स्थानमा रहेको छ ।
आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा रहेको युनाइटेड चौथो स्थानका लागि चेल्सी र लेस्टर सिटीसँग प्रतिष्पर्धा गरिरहेको छ ।
चेल्सी अहिले ३४ खेलपछि ६० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने लेस्टर ३४ खेलपछि ५९ अंकसहित चौथो स्थानमा झरेको छ ।
त्यस्तै यस सिजनमा निकै खराब खेलेको एस्टन भिल्ला भने रेलिगेसनजोन मा रहेको छ । भिल्लाको ३४ खेलपछि केवल २७ अंक छ र लिगमा १९औ स्थानमा रहेको छ ।
ट्रेन्डिङ
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’