२०७७ असार २६ शुक्रबार, एजेन्सी । इटालियन सिरी ए मा इन्टर मिलान बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलान हेल्लास भेरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो । २-१ गोलले अगाडी रहेको इन्टरलाई खेलको ८६औ मिनेटमा भेरोनाका मिगुएल भेल्सोले गोल गरेर खेल बराबरी गरेपछि झट्का लागेको थियो ।
इन्टरका लागि एक गोल एन्टोनीयो कानड्रेभाले गरेका थिए भने एक गोल भेरोनाका फेड्रीको डिमार्कोले आत्मघाती गोल गरेका थिए । त्यस्तै भेरोनाका लागि पहिलो गोल डार्को लाजोभिकले खेलको दोस्रो मिनेटमा नै गरेका थिए ।
यो बराबरीपछि इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । अहिले इन्टर ३१ खेलमा ६५ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै भेरोनाको भने ३१ खेलमा ४३ अंक छ र लिगमा नवौ स्थानमा रहेको छ ।
इटालियन सिरी ए युभेन्टस ३१ खेलपछि ७५ अंकसहित शिर्ष स्थानमा छ भने लाजियो ६८ अंकसहित दोस्रो र एटलान्टा ६६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’