२०७७ असार २६ शुक्रबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ९६६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३५ हजार ८०७ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ६१ हजार २०९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख १९ हजार ७८० पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म १४ लाख २६ हजार २६१ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ६४७ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ३४३ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २५ हजार ५४ जना संक्रमित भएका छन् । न्यूजर्सीमा १५ हजार ५२२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार ७९५ जना संक्रमित भएका छन् ।त्यस्तै मसाचुसेट्समा ८ हजार २६८ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि इलिनियोइसमा ७ हजार ३२९, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ९०४, क्यालिफोर्नियामा ६ हजार ८५०, मिचिगनमा ६ हजार २७१, कोनेक्टीकटमा ४ हजार ३४८, फ्लोरिडामा ४ हजार ९, लुसियानामा ३ हजार ३६० जना, मेरिल्याण्डमा ३ हजार २८८, टेक्सासमा ३ हजार ४६, ओहियो ३ हजार ६, जर्जियामा २ हजार ९३० र इन्डियानामा २ हजार ७३९ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’