संक्रमण बढ्दै गएपछि इटालीले १३ देशलाई लगायो प्रतिबन्ध

२०७७ असार २६ शुक्रबार, एजेन्सी । इटालीले कोरोना संक्रमण बढिरहेका बेला १३ देशबाट आउनेहरुलाई प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण बढी रहेका १३ देशलाई प्रतिबन्ध लगाएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

जसमा अरमानिया, बहरिन, बंगलादेश, ब्राजिल, बोस्निया हर्जेगोविना, चिली, कुवेत, उत्तरी मेसिडोनिया, मोल्डोविया, ओमान, पनामा, पेरु र डोमोनिक गणराज्य रहेका छन् ।

 स्वास्थ्य मन्त्री रोबेर्टो स्पेर्नजाले यी देशमा पछिल्लो १४ दिन बसेर आएका र यो देश हुदै आएका सबैलाई प्रतिबन्ध लगाइएको बताएका छन् । साथै युरोपका अन्य देशबाट इटाली आउनेहरुलाई पनि कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य रहेको बताएका छन् ।

इटालीमा कोरोना महामारीको पहिलो चरण रोकिएपनि पछिल्ला दिनहरुमा संक्रमण फेरी बढेको देखिएको छ । अहिलेसम्म इटालीमा २ लाख ४२ हजार ३६३ जना संक्रमित रहेका छन् भने ३४ हजार ९२६ जनाको ज्यान गएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार