२०७७ असार २६ शुक्रबार, एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४७५ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २१ हजार ६०४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ५०६ जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नजिक पुगेको छ । भारतमा कुल संक्रमित ७ लाख ९३ हजार ८०२ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।त्यस्तै भारतमा अहिलेसम्म ४ लाख ९५ हजार ५१३ जना ठिक भएका छन् भने २ लाख ७६ हजार ६८५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ३७० पुगेको छ भने मृतकको संख्या ५ लाख ५७ हजार ४११ पुगेको छ । त्यस्तै विश्वभर ७२ लाख २० हजार ६५७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’