हलिउड अभिनेत्री रिवेरा ‘लेक पिरू’मा बेपत्ता

२०७७ असार २६ शुक्रबार, एजेन्सी । हलिउड अभिनेत्री नाया रिवेराको बारेमा दुःखद खबर सार्वजनिक भएको छ। उनी क्यलिफोर्नियाको भेन्चुरा काउन्टीस्थित लेक पिरू तालमा बेपत्ता भएकी छन्। उनी आफ्नो चार वर्षको छोरोसँग पौडी खेल्न गएकी थिइन् तर तालमा हामफालेकी उनी फर्किनन्।

रिवेरा कुनै कारण डुबेको आशंका पनि गरिएको छ। पुलिसले बुधबार एउटा डुंगा फेला पारेको थियो जसमा उनको चार वर्षको छोरो सुतिरहेको थियो। रिवेराको छोरोले पुलिसलाई बताएअनुसार उसकी आमा पौडी खेल्न पानीमा हामफालिन् तर फर्केर आइनन्।

रिवेराको विषयमा पुलिस विभागले दुई ट्विट गरेको छ। आफ्नो पहिलो ट्विटमा लेखिएको छ, ‘पिरु तालमा सम्भावित डुबेकी महिलाको खोजी भइरहेको छ।’ दोस्रो ट्विटमा विभागले लेखेको छ, ‘बेपत्ता भएकी महिलाको परिचय ३३ वर्षकी नाया रिवेराको रूपमा भएको छ, खोजी जारी छ।’

रिवेराको खोजी हेलिकोप्टरबाट भइरहेको छ। पुलिसले आफ्नो बयानमा भनेको छ, ‘रिवेरा आफ्नो चार वर्षको छोरोसँग डुंगा भाडामा लिएर पौडी खेल्न हिँडेकी थिइन्। धेरै बेरसम्म उनी डुंगा लिएर नआएपछि पुलिसलाई खबर गरिएको थियो। यसपछि डुंगामा रिवेरा थिइनन् तर उनको चार वर्षको छोरो एक्लै थिए।’ अहिले पुलिसले खोजी जारी राखे पनि उनको मृत्यु भइसकेको अनुमान लगाइएको छ।

रिवेराले हलिउडका धेरै राम्रा फिल्ममा काम गरेकी छन्। उनी म्युजिक सिरिज ‘ग्ली’बाट चर्चामा आएकी थिइन्। यो सिरिज सन् २००८ देखि २०१५ सम्म चलेको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार