रोनाल्डो रियल म्याड्रिडविरुद्ध खेल्न सक्ने !

२०७७ असार २६ शुक्रबार, एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल  र सेमिफाइनलका ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्रमा क्वाटरफाइनलमा रियल म्याड्रिड र म्यान्चेस्टर सिटी मध्ये एकको विरुद्ध लियोन र युभेन्टस मध्ये एक खेल्ने भएका  छन् ।

त्यस्तै स्पेनिस क्लब एटलेटिको म्याड्रिड भने जर्मनी क्लब आरबि लेइपिंगसँग क्वाटरफाइनलमा खेल्ने भएको छ । त्यसैगरी नापोली र बार्सिलोना मध्ये एकको विरुद्ध चेल्सी र बायर्न म्युनिख मध्ये एक खेल्ने भएका छन् ।  क्वाटरफाइनलको अर्को खेलमा पिएसजीले इटालियन क्लब एटलान्टालाई प्रतिद्वन्दी पाएको छ ।

च्याम्पियन्स लिगका अन्तिम १६ का चार खेल अझै हुन् बाँकी छन् । जुन खेलहरु अगस्त ७ र ८ मा हुदै छन् । जसमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बीच दोस्रो लिग हुन बाँकी छ भने पहिलो लिगमा सिटी २-१ ले अगाडी रहेको छ । चेल्सी  र बायर्न म्युनिखबीचको दोस्रो लिग बाँकी रहेको छ भने पहिलो लिगमा बायर्न ३-० ले अगाडी रहेको छ ।

लियोन र युभेन्टसबीचको दोस्रो लिग खेल्न बाँकी छ भने पहिलो लिगमा लियों १-० ले अगाडी रहेको छ । नापोली र बार्सिलोनाबीचको दोस्रो लिग पनि खेल्न बाँकी छ, जसमा पहिलो लिगमा दुवै १-१ गोलको बराबरीमा रहेका छन् । त्यसैगरि पहिलो सेमिफाइनल खेलमा रियल म्याड्रिड/म्यान्चेस्टर सिटी वा लियोन/युभेन्टसबीचको क्वाटरफाइनलको विजेतासँग नापोली/बार्सिलोना वा चेल्सी/बायर्न म्युनिखबीचको विजेता खेल्ने भएका छन् ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आरबी लेइपिंग/एटलेटिको म्याड्रिड वा एटलान्टा/पिएसजीबीचको विजेताले खेल्ने भएका छन् । च्याम्पियन्स लिगका क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु पोर्चुगलको लिस्बनमा आगामी अगस्टमा खेलिने भएको यसअघि नै घोषणा गरेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु सिधै नकआउट खेल हुने भएका छन् । यसअघि होम र अवे खेलाइने यी खेलहरु अब भने एक खेलमै निर्णायक खेल हुने युइएफएले जानकारी दिएको छ । यस अघि मार्च ११ देखि स्थगित भएको च्याम्पियन्स लिग अगस्ट ७ शुक्रबारबाट सुचारु हुने छ ।

अन्तिम १६ का दोस्रो लिगका खेल अगस्त ७/८ मा हुने छन् । त्यस्तै १२-१५ अगस्ट सम्म क्वाटरफाइनलका खेलहरु हुने छन् भने १८-१९ मा सेमिफाइनलका खेलहरु हुने भएका छन् । त्यस्तै च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २३ मा हुने भएको छ । सबै खेलहरु नेपाली समय अनुसार राति १२:४५ मा हुने छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार