२०७७ असार १७ शनिबार, एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा करिम बेन्जमा र मार्को एसेन्सियोले एक एक गोल गरेका थिए । बेन्जमाले खेलको ११औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने एसेन्सियोले खेलको ५१औ मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै रियल म्याड्रिडले लिगमा बार्सिलोनामाथि फेरी ४ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । रियल म्याड्रिडको ३५ खेलमा ८० अंक भएको छ भने बार्सिलोनाको ३५ खेलमा ७६ अंक रहेको छ । लिगमा अब ३ खेल बाँकी हुदा रियल म्याड्रिड आफ्नो ३४औ उपाधि जितको नजिक पुगेको छ । रियलले अब खेल्नुपर्ने ३ मध्ये दुई खेल जितेमा यस सिजनको उपाधि जित्ने देखिएको छ ।
रियलले अब अर्को खेल सोमबार राती ग्रानडाविरुद्ध खेल्दै छ भने बार्सिलोनाले अर्को खेल आज राति भल्लाडोलिडविरुद्ध खेल्दै छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’