२०७७ असार १७ शनिबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ८४२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६४९ पुगेको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५४२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ३२२ पुगेको छ । अमेरिकामा अहिलेसम्म १४ लाख ५४ हजार २८५ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ६९९ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ३७५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २५ हजार ९९५ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा १५ हजार ५५३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७८ हजार २१८ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार २९६ जनाको ज्यान गएको छ ।
इलिनियोइसमा ७ हजार ३४५, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ९३६, क्यालिफोर्नियामा ६ हजार ९४९, मिचिगनमा ६ हजार २८५, कोनेक्टीकटमा ४ हजार ३४८, फ्लोरिडामा ४ हजार १०२, लुसियानामा ३ हजार ३८५ जना, मेरिल्याण्डमा ३ हजार ३०३, टेक्सासमा ३ हजार १३१, ओहियो ३ हजार ३७, जर्जियामा २ हजार ९६५ र इन्डियानामा २ हजार ७४८ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’