२०७७ असार १७ शनिबार, एजेन्सी । वेस्ट इन्डिज इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबारको समाप्तिमा बलियो स्थितिमा रहेको छ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर बिना विकेट क्षति १५ रन बनाएको छ र अझै ९९ रनले पछाडि छ ।

सुरुवाती दुई इनिङ्सको समाप्तिमा वेस्ट इन्डिज १ सय १४ रनले अगाडि रहेको थियो । पाहुना टिमले एक विकेटमा ५७ रनबाट अगाडि खेल्न सुरु गरेर ३ सय १८ रनको स्कोर खडा गरेको थियो ।
त्यसमा क्रेग ब्रेटवाइटले ६५ र सेन डोरिचले ६१ रन बनाए । इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४ रनमा समेटिएको थियो । अब शनिबार चौथो दिनको खेलमा इंग्ल्यान्डमाथि बलियो स्कोर बनाउने दबाब हुनेछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक