भारतमा ८ लाख संक्रमित, २२ हजारको मृत्यु

२०७७ असार १७ शनिबार, एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार १२३ पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ११४ जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख २० हजार ९१६ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।  भारतमा अहिलेसम्म ५ लाख १५ हजार ३८६ जना ठिक भएका छन् भने २ लाख ८३ हजार ४०७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख ३० हजार ८७२ पुगेको छ भने मृतकको संख्या ५ लाख ६२ हजार ८८८ पुगेको छ । विश्वभर ७३ लाख ६६ हजार ४८८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार