अमिताभपछि अभिषेक बच्चनमा पनि देखियो कोरोना संक्रमण

२०७७ असार २८ आइतबार, एजेन्सी । बलिउड अभिनेता अभिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ।

बलिउडका ‘बिग बि’ अभिताभ बच्चनले ट्वीटर माफर्त आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले आफूसँग विगत १० दिनमा सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

सिनियर बच्चनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन्।

अभिताभ र अभिषेकमा कोरोनाको मध्यम लक्षणहरु देखिएको छ। हाल उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। हाल बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षणको तयारी भइरहेको छ। भारतीय संचार माध्यमहरुका अनुसार जया बच्चन र ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार