बार्सिलोनाको जितमा भिडालको निर्णायक गोल

२०७७ असार २८ आइतबार, एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा खेलको एक मात्र गोल अर्टूरो भिडालले खेलको १५औ मिनेटमा गरेका थिए । भिडालले लियोनेल मेसीको असिस्टमा गोल गरेका थिए ।

यो गोल असिस्टसँगै लियोनेल मेसीले नयाँ रेकर्ड बनाएका छन् । मेसीले यस सिजनमा लिगमा २२ गोल र २० असिस्ट गर्दै युरोपको उत्कृष्ट ५ लिगमा पछिल्लो १८ बर्षमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका हुन् । यस अघि सन २००२/३ सिजनमा प्रिमियर लिगमा आर्सनलबाट खेल्ने थिएरी हेनरीले २४ गोल र २० असिस्ट गरेका थिए । बार्सिलोनाको यो जितपछि फेरी लिगमा रियल म्याड्रिडसँग एक अंकको फरक भएको छ ।

अब बार्सिलोना दुई खेल खेल्न बाँकी रहेको छ भने रियलले ३ खेल खेल्न बाँकी रहेको छ । यो जितले बार्सिलोनाको लिग जित्ने आशा बाँकी रहेपनि त्यसका लागि रियल म्याड्रिड पराजित हुनै पर्ने देखिएको छ ।

बार्सिलोना अब ओसासुना र डिपोर्टिभो आल्भेजसँग खेल्ने छ भने रियल म्याड्रिड भने ग्रानडा, भिल्ला रियल र लेगानेजविरुद्ध खेल्न बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार