२०७७ असार २८ आइतबार, एजेन्सी । इटालियन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एटलान्टासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । पेनाल्टीबाट गोल गरेका रोनाल्डोले खेलको ५५औ र ९०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि डुभान जपाटा र रुस्लान मालिनोभस्कीले एक एक गोल गरेका थिए ।
पछिल्लो खेलमा मिलानसँग ४-२ ले हारेको युभेन्टसले यस खेलमा रोनाल्डोको २ गोलको मद्धतले हारबाट जोगिदै महत्वपूर्ण एक अंक बटुलेको छ ।
रोनाल्डोले २०२० मा लिगमा १८ गोल गर्दै यो गोलसंख्या युरोपका उत्कृष्ट ५ लिगमा गरेको कुनै पनि खेलाडीले गरेको धेरै गोल हो । सिरी ए मा ३२ खेलपछि युभेन्टसले ७६ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको लाजियोभन्द ८ अंकले अगाडी रहेको छ । त्यस्तै एटलान्टाको ३२ खेलमा ६७ अंक रहेको छ ।
ट्रेन्डिङ
अब संसदमा चार दल‚ कसका कति सांसद ?
ओलीलाई नेपालको आग्रह– राजीनामा दिएर थोरै भएपनि नैतिकता बचाउनुस्
म प्रधानमन्त्रीको रेसमा छैन : देउवा
‘यो देश दलितको पनि हो’ (फोटो फिचरसहित)
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह