२०७७ असार २८ आइतबार, एजेन्सी । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा डिएगो कोष्टाले खेलको ७४औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । खेलमा ५७औ मिनेटमा एटलेटिकोका मारियो हेर्मोसोले रातो कार्ड खाएर मैदान छोड्दा एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।
लिगमा यो जितपछि एटलेटिकोको ३६ खेलमा ६६ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै बेटिसको भने ३६ खेलमा ४१ अंक छ र लिगमा १३औ स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो