२०७७ असार २८ आइतबार, एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डले अग्रता लिएको छ। दिनको खेल सकिदा दोस्रो इनिङ्ग्समा ८ विकेटको क्षतिमा २ सय ८४ रन बनाएर खेलिरहेको इंग्ल्यान्डले १७० रनको अग्रता लिएको छ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्ग्समा डोम सिब्लीले ५० रन जोडे भने जाक क्राउलीले सबैभन्दा बढी ७६ रनको योगदान दिए। कप्तान बेन स्टोक्सको ४६ रन पनि महत्वपूर्ण रह्यो। बलिङमा वेस्ट इन्डिजका सानन ग्राबियलले ३ विकेट लिएका छन्।
यसअघि पहिलो इनिङ्ग्समा इंग्ल्यान्ड २ सय ४ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ सय १८ रन बटुलेको थियो।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक