हङकङमा टिकटकको विकल्प लाइकी

२०७७ असार २८ आइतबार, एजेन्सी । १५ देखि ६० सेकेन्डको भिडियो समावेश गर्न सकिने चर्चित मोबाइल एप्लिकेसन ‘टिकटक’लाई हङकङमा बन्द गरिएको छ। टिकटक बन्द भएसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन्। कतिपय प्रयोगकर्ताले टिकटकको विकल्पका रूपमा ‘लाइकी’ प्रयोग गर्न सुझाइरहेका छन्।

हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएसँगै टिकटकमा प्रतिबन्ध लगाइएको हो। चीन र हङकङको राष्ट्रिय सुरक्षा, अखण्डतामा ह्रास आउने कुनै पनि गतिविधि हुनसक्ने आशंका र अनुसन्धानका लागि प्रतिबन्ध गरिएको हो।

चीनले हङकङमा सञ्चालित सामाजिक सञ्जालका हरेक गतिविधिको जानकारी सञ्जालका निर्मातासँग माग्छ। जानकारी दिन आनाकानी गरे सञ्चालनमा रोक लगाउने गरिन्छ। स्थानीय सञ्चार माध्यमका अनुसार टिकटकपछि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, गुगल, ट्विटर, टेलिग्राम, लिंकेट आदिमा पनि प्रतिबन्ध हुन सक्छ।

चिनियाँ कम्पनीले उत्पादन गरेको टिकटकले आफ्नो एक लाख ५० हजार प्रयोगकर्ता रहेका जनाएको छ। कम्पनीले हङकङमा टिकटक पुनः सुचारु हुने वा नहुुने भन्ने विषय आफ्नो हातमा नरहेको बताएको छ। कम्पनीले आफ्ना प्रयोगकर्ताले यसको सट्टा चीनकै स्थानीय ‘डुयिन एप्लिकेसन’मार्फत टिकटकको प्यास मेट्न सक्ने सुझाएको छ। हङकङमा प्रतिबन्धित टिकटकलाई भारतले पनि सुरक्षाको कारण देखाउँदै रोक लगाएको थियो।

अभिनयप्रतिको लगावलाई छोटो भिडियोमार्फत प्रस्तुत गर्न पाइने र सबैमाझ परिचित हुने अवसरका लागि पनि टिकटक प्रयोग गरिएको हङकङवासी बताउँछन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार