२०७७ असार २८ आइतबार, एजेन्सी । बलिवुडमा कोरोनाको संक्रमण फैलिदै गएको देखिएको छ । महानायक अमिताभ बच्चनको परिवारमा अमिताभका बाबु छोरा संक्रमित भएपछि अर्का अभिनेता अनुपम खेरको परिवारमा समेत कोरोना पुगेको छ ।
अनुपम खेरको टेस्ट निगेटिभ आएपनि उनकी आमा र दाजुलाई कोरोना संक्रमण भएको छ । अनुपम खेर आफैले सामाजिक संजालमा भिडियो संदेश जारी गरेर सो कुराको जानकारी दिएका छन् । त्यस्तै अनुपमकी भाउजु र भतिजीलाई समेत कोरोना संक्रमण भएको उनले जानकारी दिएका छन् ।
अनुपमले अहिले आफ्नी आमासहित दाजुलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरेको जानकारी दिएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’