२०७७ असार २८ आइतबार, एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५५१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार ६७४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८ हजार ६३७ जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख ४९ हजार ५५३ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भारतमा अहिलेसम्म ५ लाख ३४ हजार ६२१ जना ठिक भएका छन् भने २ लाख ९२ हजार २५८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ४९ हजार ४३५ पुगेको छ भने मृतकको संख्या ५ लाख ६७ हजार ७८३ पुगेको छ । त्यस्तै विश्वभर ७४ लाख ८४ हजार २८० जना कोरोना संक्रमित ठिक भएका छन् ।
ट्रेन्डिङ
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’