२०७७ असार २८ आइतबार, काठमाडौं । माग्ने बुढाको नामले चर्चित कलाकार केदार घिमिरेले महानायक प्रकरणमा आफ्नो धारणा राख्दै अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाको बचाऊ गरेका छन् । घिमिरेले सामाजिक संजालमा टिप्पणी गर्दै कलाकारलाई सभ्य तरिकाले आलोचना गर्न आग्रह गर्दै उनको पेटमा पाप नभएको बताएका छन् । निरौलाले राजेश हमाललाई दिइएको ‘महानायक’ उपाधिबारे दिएको विवादित टिप्पणीका विषयमा घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।
एक टेलिभिजन अन्तरवार्ताका क्रममा दीपाश्रीले राजेशबारे दिएको उक्त टिप्पणीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । घिमिरेले दीपाश्रीले राजेश हमाललाई सधैँ सम्मान गर्ने भए पनि जिब्रो चिप्लिएको बताएका छन् । उनले नायक हमालसँग दीपाश्रीबाट भएको गल्ती बारे आफुले पनि माफी मागेका छन् ।
फेसबुकमा स्टाटसमा लेख्दै घिमिरेले कुन गल्तीको सजाय कति ? भन्दै प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, ‘कुन गल्तीको सजाय कति भन्ने पनि होला नि त छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने? दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो ।’
उनले अघिपछि राजेश दादाबारे सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रैछ भनेका छन् । दीपाको मन दयालु रहेको पनि उनले बताउँदै उनले वर्षेनी १५ जना गरिब बच्चाहरुको स्कुल फि तिरिदिने गरेको समेत बताएका छन् । कलाकार घिमिरेले गल्ती मान्छेबाट हुने हो भन्दै सच्चिएर अगाडि बढ्ने मौका दिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’