प्रधानमन्त्री ओलीद्वारा बलिउड अभिनेता अमिताभ र छोरा अभिषेकलाई स्वास्थ्यलाभको कामना

२०७७ असार २८ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अभिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार ट्‍विट गर्दै अभिताभ र अभिषेक बच्चनलाई सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । उनले भनेका छन्, “भारतका महान अभिनेता अमिताभ र छोरा अभिनेता जुनियर बच्चनलाई सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना ।”

अमिताभ र उनका छोरालाई शनिबार राति कोरोना भाइरस संक्रमण देखिएको थियो । दुवैलाई संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । आइतबार सार्वजनिक गरिएको रिपोर्टअनुसार अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्यालाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार