इङल्याण्डले वेस्टइन्डिजलाई दियो २ सय रनको लक्ष्य

२०७७ असार २८ आइतबार, एजेन्सी । इङल्याण्डले वेस्टइन्डिजलाई जारी पहिलो टेस्टमा २०० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले पहिलो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो भने दोस्रो इनिंगमा ३१३ रनमा अल आउट भएको छ ।

त्यस्तै यस अघि वेस्टइन्डिज आफ्नो पहिलो इनिंगमा ३१८ रनमा अल आउट भएको थियो ।

इङल्याण्डका लागि दोस्रो इनिंगमा ज्याक क्रवलीले सर्बाधिक ७६ रन बनाए भने डोम सिबलीले ५० रन बनाए भने कप्तान बेन स्टोकले ४६ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर शानन गाब्रियलले दोस्रो इनिंगमा ५ विकेट लिए भने अल्जारी जोसेप र रोष्टन चेजले २-२ तथा कप्तान जासन होल्डरले एक विकेट लिएका थिए ।

अब पहिलो टेस्ट जित्न वेस्टइन्डिजले २ सय रनको लक्ष्य पाएको छ । वेस्टइन्डिजले आफ्नो ब्याटिंग समेत शुरु गरेको छ ।

यो समाचार तयार गर्दासम्म वेस्टइन्डिजले एक विकेट गुमाएर ७ रन बनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार